राजधानीमा डेंगुको खतरा, बनस्थली बढी जोखिम

Original Title: Aa_FC3_58a.jpg

काठमाडौं,९ असार ।  सरकारले काठमाडौंका तीन जिल्लामा डेंगुको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । अध्ययनका क्रममा डेंगु फैलाउने एइडिज एइजेप्ती लामखुट्टे भेटिएपछि स्वास्थ्य मन्त्रालयको इपि–डिमि–योलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको हो ।

इपि–डिमि–योलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख घनश्याम पोखरेलले रोग फैलाउने लामखुट्टे राजधानीमा पनि भेटिएको बताउनु भयो । उहाँले राजधानीका तीन जिल्लामा खतरा रहेको भन्दै अहिले भने काठमाडौंको बनस्थली क्षेत्रमा बढी खतरा रहेको बताउनु भयो ।

अध्ययनका क्रममा डेंगु लामखुट्टे धेरै नै भेटिएपछि विभागले सतर्क रहन आग्रह गरेको हो । गतवर्ष काठमाडौंको सानो भर्याङ क्षेत्रमा १८ जनालाई डेंगु लागेको थियो । विभागले सबै स्थानीय युनिटहरुलाई यसबारेमा खबर गरिएको जनाएको छ । महाशाखाका प्रमुख पोखरेलले आउँदो कात्तिक महिनासम्म नै खतरा रहने भएकोले सर्तक रहन आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here