राजधानीबाट आठजना जुवाडे पक्राउ

काठमाडौं,१९ पुस । काठमाडौंको विजेश्वरीबाट आठजना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका १५ विजेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई नागार्जुन नगरपालिका– २ बस्ने २६ बर्षीय पासाङ लामासहित ८ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४ लाख ५९ हजार रुपैयाँ र ९ सय अमेरिकन डलर पनि बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here