राजधानीका ११ अस्पताल वरपर सूर्ती चुरोट खाना,बेचबिखन गर्न नपाइने, कुनकुन अस्पतालमा निषेध ?

काठमाडौं,२९ बैशाख ।  काठमाडौं उपत्यकाका विभिन्न ११ सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र गुट्खा लगायत सूर्तीजन्य वस्तु खान निषेध गरिने भएको छ । प्रहरीले आजदेखि लागु हुने गरी सरकारी अस्पतालका एक सय मिटर वरपर सूर्ती चुरोट बेचबिखनमा निषेध लगाउने भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, कीर्तिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिएको हो ।

काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले यदी कसैले सेवन तथा बेचबिखन गरे पहिलो पटक सम्झाइ बुझाइ गर्ने र दोर्होयाएर गरे एक सय रुपैयाँ जरिवाना हुने बताउनु भयो । यसरी उठाइको जरिवाना राजश्व स्वरुप नेपाल सरकारको राजश्वमा जम्मा हुनेछ । पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गरिएको प्रहरीले जनाएको छ । अर्को चरणमा निजी अस्पतालमा समेत यो नियम लागू गरिने प्रहरीको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here