रग्वी ट्रफी टुँडीखेलमा

काठमाडाैं,२२ मंसिर । नेपाल टुरमा रहेको रग्वी विश्वकपको ट्रफीलाई आज राजधानीको टुँडीखेलमा प्रर्दशनमा राखिँदैछ । टुँडीखेलमा जारी रग्वी फेष्टिभलसँगै ट्रफीलाई सर्वसाधारणका लागि पनि खुल्ला गरिएको नेपाल रग्बी संघले जनाएको छ ।

रग्वी फेष्टिभलमा बिहान साढे १० बजेबाट विद्यालयस्तरिय रग्वी टुर्नामेन्टसँगै महिला र पुरुषका छुट्टा–छुट्टै स्पर्धा पनि हुने संघले जनाएको छ । ट्रफीलाई दिउँसो १ देखि साढे ३ बजेसम्म टुँडीखेलमा प्रर्दशनमा राखिने कार्यक्रम रहेको नेपाल रग्बी संघले जनाएको छ ।

यसअघि रग्बी विश्वकप ट्रफिलाई सगरमाथाको आधार शिविरसँगै विश्व सम्पदा सुचीमा रहेका स्वयम्भु, बौद्ध, पशुपतिनाथ र पाटन दरबार स्क्वायरको भ्रमण गराईएको थियो ।

४ दिने नेपाल भ्रमणमा ल्याईएको ट्रफीलाई भोलि राष्ट्रपति विद्यादेवी  भण्डारीसहित उच्च अधिकारीहरुले अवलोकन गर्ने कार्यक्रम रहेको छ । नेपालबाट ट्रफीलाई पुन आयरल्याण्ड नै लगीने छ । रग्बी विश्वकपको ट्रफी पहिलो पटक नेपाल भ्रमणमा ल्याईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here