रक्षामन्त्री पोखरेलको सरकारी कर्मचारीलाई निर्देशन, राजनीति भन्दा माथि उठौं

काठमाडौं,२६ चैत– रक्षामन्त्री ईश्वर पोखरेलले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै कार्य सम्पादन गर्न सरकारी निकायलाई निर्देशन दिनु भयो ।

उहाँले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गर्नुभयो । रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी निकायलाई फष्टाउन नदिने खालका कुनै पनि गतिविधि हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री पोखरेलले आँखा अस्पतालले चेतनामूलक अभियान संचालन गर्दै आएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here