रक्तसञ्चार केन्द्र नहुँदा समस्या

बैतडी, २१ भदौ । जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई चाहिने रगत उपलब्ध गराउन समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको हो ।

रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका जिल्ला अस्पतालका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । रगतको व्यवस्था गर्न नसक्दा यस अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो भयो ।
रक्त सञ्चारको सुविधा नहँुदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई थप समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालयमा जान्छन् । त्यहाँ नपाए अन्य उपाय नै छैन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगत सञ्चय गर्नसक्ने अवस्था छैन ।

“अस्पताल पुग्ने वित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ ।” अस्पतालका प्रमुख डा अवस्थीले भन्नुभयो,

सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके अन्यत्रा सिफारिस गर्नुपर्ने अवस्था छ । पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि दार्चुला र बझाङबाट समेत उपचारका लागि बिरामी यहाँ आउने गरेका छन् । आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here