योग खेलको प्रवद्र्धनमा सरकारले जोड दिने-खेलकूदमन्त्री विश्वकर्मा

पोखरा, २१ वैशाख -युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले शदियौँदेखि नै नेपालको पहिचान बनाउँदै आएको योग खेलको प्रवद्र्धनमा सरकारले जोड दिने बताउनु भएको छ ।

नेपाल योग खेलकूद संघको आयोजनामा ‘दोस्रो दक्षिण एशियाली योग खेलकूद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव’ को आज पोखरामा उद्घाटन गर्दै उहाँले हिमालको काखमा ऋषि महर्षिले गरेको योग र ध्यानको कारण नै नेपाल विश्वसामु चिनिएको उल्लेख गर्नुभयो ।

स्वस्थ जीवनका लागि पनि योग खेलको विकास अपरिहार्य रहेको बताउँदै उहाँले खेलकूद प्रतियोगताले देश र खेलाडी बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पोखरालाई खेलकूद शहरका रुपमा चिनाउन पूर्वाधार विकासमा जोड दिइएको बताउँदै नेपालमा जन्मिएको योग खेलको विकासमा थप कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा डा सूर्यबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विदेशी प्रतिनिधि आयरल्याण्डकी मरियम मोलिगान, भारतका उमंग द्वान, नेपाल योग खेलकूद संघका महासचिव चुडामणि खरेल लागायतले योग खेलको महत्व र सम्भावनाका बारेमा चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here