यू –१९ विश्वकप छनौटमा नेपालको विजयी सुरुवात

१९ वर्षमूनिको बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । छनौट प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई ४ विकेटले हराएको हो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो । पहिले ब्याटिङ गरेरको सिंगापुरले २९ ओभरमा ७३ रन बनाएको थियो । नेपाल दुई वर्षअघि बंगलादेशमा भएको १९ बर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण नेपाल र अफगानिस्तानले यो छनोट प्रतियोगिता खेल्न पाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here