काठमाडौं,१३ कार्तिक– यू–१९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली आज बंगलादेश जाने भएको छ ।
बंगलादेश भ्रमणका क्रममा नेपाली टोलिले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।
बंगलादेशमा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोलि नोभेम्बर ६ तारिखमा स्वदेश फर्किनेछ । यू–१९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ ।
त्यसमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

