यू–१८ फुटबल टोलीभुटान प्रस्थान

काठमाडौं,  साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको १८ वर्ष मुनिको टोली आज भुटान त्यसतर्फ प्रस्थान गर्दैछ । भुटानमा असोज २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टाली आज दिउँसो थिम्पु जान लागेको हो ।
भुटानमा आयोजना हुन लागेको दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजक भुटानसँग आगामी असोज ४ गते खेल्नेछ । दोस्रो खेल असोज ६ गते माल्दिभ्स, यसैगरी तेस्रो खेल असोज ९ गते बंगलादेश तथा चौथो खेल असोज ११ गते भारतसँग खेल्ने मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालसँगै, भारत, मालदिभ्स, भुटान र बंगलादेशको सहभागिता रहनेछ । सहभागी सबै टोलीले एकार्कासँग खेल्नेछन् भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न प्रतियोगितामा नेपाल भारतलाई हराएर च्याम्पियन बनेको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, सहायक प्रशिक्षकमा पुष्कर शाही, टोली व्यवस्थापक गणेशबहादुर चन्द तथा टोलीका कप्तान अर्पण कार्की रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here