यू–१५ साफ च्याम्पियनसिप खेल्न ५ दक्षिण एसियाली टिम नेपाल आउँदै

काठमाडौं, ३२ साउन– १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न ५ दक्षिण एसियाली टिम आज नेपाल आइपुग्ने भएको छ ।

यही अगस्ट १८ देखि २७ सम्म नेपालमा हुने खेल खेल्न ५ दक्षिण एसियाली यू–१५ टिम आज काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ ।

गत वर्ष पहिलो संस्करण यू–१६ को भएपछि एएफसीको यू–१६ प्रतियोगिताको लागि साफले यसपटकबाट यू–१५ प्रतियोगिता गर्न लागको हो ।

आयोजक नेपालसँगै भारत र माल्दिभ्स समूह बी मा छ भने बंगलादेश, भुटान र श्रीलंका समूह ए मा छ ।

दुबै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । आन्तरिक कारण पाकिस्तानले भने प्रतियोगितामा सहभागिता जनाउने छैन ।

एन्फाका अनुसार भारत, भुटान र बंगलादेशको टिम टमेलस्थित मनाङ होटलमा बस्नेछ भने नेपालसँगै माल्दिभ्स र श्रीलंकन टिम होटल भृकुटीमा बस्नेछ ।

होटल, लोकल ट्रान्सपोर्ट, म्याच अफिसियलको खर्च साफले बेहोर्नेछ भने प्रतियोगिता र हस्पिटालिटी लगायत व्यवस्थापन कार्य एन्फाले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here