काठमाडौं,६ वैशाख। एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन हुनुभएको छ । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा चयन भएका छन् । महासचिवमा नरेश शाही चुनिनुभएको छ । बैठकले सचिव पदमा राजु कार्की, क्षितिज थेवे, अन्जना अधिकारी, उर्मिला सुनुवार, पुर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुव यादव माधव बास्तोला, बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, हिमाल लिम्बु र दिपक जिएम लाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ । कोषाध्यक्ष अमित लामा हुनुभएको छ ।

