युवाहरुको झडप एकको मृत्यु ३ घाइते

सुनसरी, ६ चैत– सुनसरीको धरानमा युवाहरुबीच झडप हुँदा एकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच हिजो मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको हो, भने सोही स्थानका १९ वर्षीय शुक्रराज राई, १७ वर्षीय प्रज्वल तामाङ र १९ वर्षीय रतन खत्री घाइते भएका छन् ।
मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम विक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसा तिरेको वा नतिरेको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए ।
घटनास्थलबाट भागेर गएका ती युवाले केही समयपछि खुकुरी र चक्कुसहित अन्य साथीहरु लिएर भक्तबहादुरमाथि आक्रमण गर्न आएका थिए ।
युवाको कुटाइ र छुरा प्रहारबाट गम्भिर घाईते भएका भक्तबहादुरको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएपछि मृत्यु भएको थियो ।
घटनामा संलग्नमध्ये धरान–१५ कै पवन परियार, किशोर राई र बन्नु परियार फरार छन् । घाइते तीन जनाको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here