युवतिकाे घाटी रेटि हत्या !

पाँचथर ३ असार । पाँचथरमा एक युवतीको विभत्स हत्या भएको छ। मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका ६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत  सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले खबर गरे लगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।  फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here