युक्रेनको रक्षा प्रणाली सुधारका लागि अमेरिकाले २० अर्ब रुपैयाँ सहयोग

युक्रेनको रक्षा प्रणालीको सुधारका लागि अमेरिकाले २० अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ । शैन्य प्रशिक्षण, सुचना प्रणाली, स्वास्थ्यमा सो सहयोग रकम खर्च गरिने पेन्टागनले जनाएको छ ।

यद्यपी सहयोग रकम कुनैपनि हतियार वा घातक वस्तुका लागी खर्च गर्न नदिइने अमेरिकाले स्पष्ट पारेको छ । यसअघि अमेरिकाले सन २०१४ मा पनि युक्रेनी रक्षा प्रणाली सुधारका १ खर्व रुपैयाँ सहयोग गरेको थियो ।

रुसले क्रिमियालाई आफुमा विलय गरेपछि युक्रेनले आफ्नो रक्षा व्यवस्थामा व्यापक सुधारको प्रयास गरिरहेको छ । क्रिमिया छुट्टिने क्रममा भएको हिसांमा १० हजार मानिस मारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here