यार्सा सङ्कलकको क्रममा एकको मृत्य

file photo

दार्चुला, २० जेठ– दार्चुलामा एक जना यार्सा सङ्कलकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
यार्सा सङ्कलनका क्रममा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरामा परी बैतडी, पुच्र्यौडी नगरपालिका–३ चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरामा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर घाइते भएकामा उपचारका लागि गोकुलेश्वरतर्फ ल्याइँदैछ ।
घाइते धामीको शरीरको विभिन्न भागमा चोट लागेको छ । यार्सा सङ्कलन गर्न बोहरा गत महिना दार्चुला गएका थिए ।
आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुला र बझाङको उच्च हिमाली भेगमा हरेक वर्ष यार्सा सङ्कलनका लागि मानिसहरु जाने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here