यस्तो पनि भएको रैछ

एजेन्सी–दक्षिण अफ्रिकामा तीन युवतीहरु मिली एउटा २३ वर्षीय युवकलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

पहिले ती युवतीहरुले बलात्कृत युवकलाई नशायुक्त औषधि खुवाएका थिए र बेहोस अवस्थामा अपहरण गरी बन्धी बनाएका थिए । तीन दिनसम्म कैद रहेका ती युवकलाई उनीहरुले पटकपटक बलात्कार गरेका थिए । अहिले ती युवक मानसिक एवम् शारीरिक पीडामा छन् ।

दक्षिण अफ्रिकामा यो घटना नौलो होइन । देशभरमा २० प्रतिशत पुरुष हेरक वर्ष महिलाबाट बलात्कृत हुने गर्छन् । पीडित युवकका अनुसार उनले बाहिर जानका लागि साझेदारीमा ट्याक्सी लिएका थिए जसमा ती तीन युवतीहरु पहिलेबाटै बसिरहेका थिए ।

त्यसपछि उनीहरुले पीडित युवकलाई अगाडिको सिटमा बस्न लगाएर नशालु इन्जेक्सन लगाई बेहोस बनाएर अपहरण गरेका थिए । उनले भने कि होसमा आउँदा उनी एउटा अपिरिचित कोठाको एउटा खाटमा सुतिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here