यस्ता छन् संसद बैठकका एजेन्डा

web

काठमाडौं,११ फागुन– व्यवस्थापिका संसद बैठक आज बस्ने भएको छ । बैठक २ बजे बस्ने गरि बोलाइएको छ । आजको बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने संभावना रहेको छ ।
हिजो बस्ने भनेको बैठक आजसम्मका लागि स्थगित भएको थियो । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले प्रधानन्यायाधिश तथा सर्वाेच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विद्येयक २०७३ लाई प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
बैठकमा उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विद्येयक, २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
बैठकमा उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विद्येयक, २०७३ प्रस्तुत गर्ने कार्यतालीका छ। बैठकमा विद्यायन समितिका सभापति गंगा चौधरीले विद्यायन समितिको वार्षीक प्रतिवेदन, २०७२÷०७३ संसदमा पेश गर्ने कार्यतालीका छ ।
त्यस्तै आजको बैठकमा महाअभियोग सिफारिस समितीका सदस्य कुमारी लक्ष्मी राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानविन समितीको प्रतिवेदन–२०७३ सदनमा पेश गर्ने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिनुभयो । बैठकमा संविधान संशोधन विद्येयक संसदमा पेश गर्ने संभावना पनि रहेको संसदसचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here