यसरी दियो फेसबुकले पनि निर्वाचनको शुभकामना

काठमाडौं, १ जेठ– नेपालको स्थानीय तह निर्वाचनलाई विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले प्राथमिकता दिएको छ । सामाजिक सञ्जाल फेसबुकले नेपाली प्रयोगकर्ताका लागि नयाँ फिचर राखेको छ । स्थानीय निर्वाचन पहिलो चरणको दिन आइतबार फेसबुकले आफ्नो फिचरमा नेपालको निर्वाचनलाई लक्षित गदैँ नयाँ फिचर सार्वजनिक गरेको हो ।
आइतबार ९वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै गर्दा फेसबुकका प्रयोगकर्ताले आफ्नो फेसबुक वालको माथि ‘नजिकैको बुथमा गएर भोट गर्नुहोस’ र ‘मतदान केन्द्र खोज्नु होस्’ भन्ने सन्देश दिएको थियो ।
फेसबुकले नेपाली प्रयोगकर्ताको वालमा ‘इट्स टाइम टु भोट इन नेपाल लोकल लेभल इलेक्सन’ भन्ने पोस्टको नोटिफिकेसन देखाएको छ । स्थानीय निकायको निर्वाचनमा सहभागी हुन आह्वान गर्दै फेसबुकले प्रयोगकर्ताको वालमा सन्देश देखाएको हो ।

फेसबुकले प्रयोगकर्तालाई मतदान केन्द्र खोज्न सहयोग मिल्ने लिङ्कसहित सन्देश वालमा राखिदिएको छ । आइतबार पहिलो चरणको प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा पहिलो चरणको मतदान भएको हो ।
फेसबुकले नेपाली प्रयोगकर्ताको वालमा फेसबुक खोल्नेबित्तिकै भोट सेयर गर्नुहोस् भनेर अनुरोध गर्छ । प्रयोगकर्ताले सेयर गर्न मन नलागे सो सन्देश सेयर नगर्न पनि सक्छन् । आफू निर्वाचनमा सहभागी भएको बारे साथीभाइलाई जानकारी दिन उक्त फिचरले सहयोग गर्छ । म भोट गर्दैछु भनेर सेयर गर्नुको अर्थ म निर्वाचनमा सहभागी भएँ भनेर फेसबुकका साथीहरूलाई थाहा दिनु हो ।
यस्तै निर्वाचन आयोगले मौन अवधिमा चुनावी प्रचारप्रसार नगर्न सामाजिक सञ्चाल फेसबुक, ट्वीटर, भाइबर र एसएमएस लगायतमा आचारसंहिता लगाए पनि प्रयोगकर्ताले घुमाउरो तरिकाले फेसबुक पोस्टमा चुनावी प्रचार गर्न भ्याए ।

कतिले ‘आज कुन बार होरु’ भनेर सोध्ने र उत्तर पनि आफैले ‘ओ हो आज त सन्डे हो’ भन्ने । ‘काठमाडौँ उपत्यकामा अहिलेसम्म घाम नदेखिएकाले पिपलको फेदमा नै पानी चढाएर खाना खाँदा पुण्य मिल्छ भन्ने मान्यता छ’, ‘ॐ सूर्यायः नम ः १ आज रविबार अर्थात सूर्यबार र स्थानीय तहको निर्वाचनमा सूर्यलाई भोट हाल्ने दिन हो’, ‘रूख वातावरण, जीवन र समृद्धिका लागि, रुख रोपौंँ, समृद्ध बनौँ’ भन्ने लगायतका सन्देश दिनभर सेयर भइरहे फेसबुकमा ।
त्यसो त केही अनलाइन सञ्चारमाध्यमहरूले आफ्नो आधिकारिक फेसबुक पेजहरूमा पनि तपार्इँले केमा भोट हाल्नुभयो रु भनेर लाइभ अभिमत सङ्कलन गरेको देखियो । यसरी केही अनलाइनहरूले फेसबुकमार्फत जनमत सङ्कलनको नाममा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने काम गरे ।
साथै निर्वाचनको दिन आइतबार सामाजिक सञ्जालमा भोट हाल्दै गरेका फोटो, भिडियो अत्यधिक रूपमा फेसबुक, ट्वीटर लगायतमा पोस्ट सेयर र लाइक भएका छन् । सबैभन्दा बढी युवा जमात स्थानीय निर्वाचनमा उत्साहित भएको देखियो । राजनीतिक दलका शीर्ष नेताहरू पनि मतदान गरिसकेपछि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा फोटो सेयर गरेको पाइयो । आजको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here