यसरी घुमाए प्रहरीलाई अपहरणकारीले काठमाडौं भरि

काठमाडौं,२२ फागुन– प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लानख रुपैयाँ फिरौती मागिएकाने छ ।
तत्कालै अपहरित क्ष्ुक्तीका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गौंगबु कहिले हलचोक त कहिले सतुङगुल बोलाए । तर आफुले बोलाएको ठाउँमा मानेन् ।
प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरुले भेट्न मानेनन् । पैसाका साथ प्रहरी पनि लिएर आएको आशंकाले भेट्न डराए ।

राति ११ बजे भोलि शनिवार भेटेर पैसा लिने र अपहरणकारीलाई हिरा गर्ने सहमित भयो । बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरु तयार भए ।
स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जिवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएर गएका थिए ।
पीडितका आफन्तसंगै पछाडि सादा पोसाकमा प्रहरीसमेत देखेपछि उनी फाएर गरेर भाग्न खोजेका थिए । तर प्रहरीको इन्काउन्टरमा गोली लोगि उनी ढले । आजको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here