भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका–२ सल्लाघारी स्थित यति कार्पेट इन्डस्ट्रिजमा लागेको भीषण आगो अहिले नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
गएराति साढे ११ बजेबाट सुरु भएको आगो झण्डै ८ घण्टापछि बिहान साढे ७ बजेमात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगो स्थानीय बासीन्दा, भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको हो ।
विद्युत सप्लाइमा भएको गडबडिका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा आगलागिबाट ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

