म.ब. क्याम्पस नेपालगन्जको क्याम्पस प्रशासन विरुद्ध विद्यार्थीको आन्दोलन

खबरै खबर संबाददाता
नेपालगन्ज(बाँके) २ चैत्र,
मध्यपश्चिम क्षेत्रकै परिचित ऐतिहासिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीको नारा बाजी सहित आन्दोलनका कारण आज बिहान देखी तनावग्रस्त भएको हो। क्याम्पस प्रशासन कर्मचारी को मिलेमतोमा विद्यार्थी कल्याणकारी कोष को बजेट विद्यार्थीको हितमा खर्च गर्नुपर्ने रकम होटलमा खानपिन मा खर्च गरेको बिरुद्ध क्याम्पसमा त्यस्ता प्रवृति बिरुद्ध एक घण्टा सम्म नारा बाजी सहित विद्यार्थी आक्रोस मा उत्रेका हुन्। विद्यार्थीको हित विपरीत यस्ता हर्कत गर्ने बिरुद्ध कारबाही का माग समेत गरिएको विद्यार्थी कैलाश सुवेदी जानकारी गराएका हुन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here