म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

एजेन्सी–  इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४–० ले हरायो ।
गएराति भएको अर्को खेलमा रोमेलु लुकाकुले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाईटेडले बर्नमाउथमाथि १–० को जित निकाल्यो ।
यसैगरी टोटनह्याम हट्सपरले ब्राईटनलाई २–० ले हराउँदा एभर्टनले न्युकासल युनाईटेडलाई १–० ले तथा लेष्टर सिटीले साउथह्याम्पटनलाई ४–१ ले पराजित र्गयो ।
गएराती आर्सनललाई वेष्ट ह्याम युनाईटेडले गोलरहित बराबरीमा रोक्दा लिभरपुल र वेष्ट ब्रोमले पनि गोलरहित बराबरीमै चित्त बुझाएका छन् । गएरातीका खेलहरु पछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here