म्यानचेस्टर सिटीको विजयी यात्रा

एजेन्सी– प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रा कायम राखेको छ ।
समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लब नापोलीलाई २–१ ले हराएर लगातार तेस्रो जित दर्ता गरेको हो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङ र गाब्रिएल जिससले गोल गरे । नापोलिका लागि एमाडु डिएवाराले एक गोल फर्काए । जितपछि समूहको शीर्ष स्थानमा रहेको सिटीको ९ अंक भएको छ । तीन अंक जोडेको नापोली तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here