एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग २–१ ले पराजित भएको हो। हारसँगै म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना सकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको हो । टोटनह्यामको जितमा विक्टर वानयामा र ह्यारी केनले गोल गरे । युनाइटेडका लागि वायने रुनीले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा विक्टर वानयामाले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको टोटनह्यामका लागि खेलको ४८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर पारे ।
युनाइटेडका लागि खेलकोे ७१ औं मिनेटमा वाइन रुनीले सान्तोना गोल फर्काए । जितपछि दोस्रो स्थानको टोटनह्यामको दुई खेल बाँकी हुँदा ८० अंक भएको छ। छैटौं स्थानको युनाइटेडको ६५ अंक छ ।

