काठमाडौँ, २३ माघ। सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिनुभएको छ। उनीहरुले
सत्य निरुपण र बेपत्ता पारिएकाहरुको छानबिन आयोगको म्याद सकिनु अगावै राजिनामा दिनु भएकाे हाे।आयोगको आगामी २६ गते सकिँदैछ।
संक्रमणकालीन न्यायका लागि बनेका आयोगहरुको पटकपटक म्याद थपिँदै आएको छ। माघ २७ देखि लागू हुनेगरी राजीनामा आयोगमा पेस गरिएको छ।
सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएको तथा मानव अधिकारको गम्भीर उल्लंघनको छानबिन गरी दोषीलाई कारबाहीर पीडितलाई न्याय दिलाउन आयोग गठन भएको थियो। दुवै आयोग २०७१ माघमा गठन भएका थिए।

