मालिकामा सहमतिमा गाउँ कार्यपालिका गठन
मालिका गाउँपालिकाको गाउँ कार्यपालिकाको दलित सदस्यमा काँग्रेसका कुलमान पटेल र अल्पसङ्ख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्विरोध छनोट हुनुभएको छ ।
महिला सदस्यमा सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपार्इं र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनीत हुनुभएको छ । मालिकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमति गरेर निर्विरोध रुपमा कार्यपालिका सदस्य चयन गरेका हुन् ।
धौलागिरिको गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध
धौलागिरि गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । दलित अल्पसङ्ख्यकतर्फ रामबहादुर विक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी विक र तिलकुमारी केसी चयन हुनुभएको छ ।
निर्वाचित कार्यपालिका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । सातवटा वडा रहेको धौलागिरिमा प्रमुख र उपप्रमुखसहित ६ वडामा एमाले र एक÷एक वडामा माओवादी केन्द्र र काँग्रेस विजयी भएका थिए ।
मङ्गला गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार सर्वसम्मत
म्याग्दीको मङ्गला गाउँपालिकामा गाउँ कार्यपालिकाका सदस्यहरुमा एमालेका उम्मेदवारहरु सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचनमा दलित तथा अल्पसङ्ख्यकतर्फ रत्न विक र सरदेवी भट्टचन सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यसैगरी चारजना महिला सदस्यहरुमा शशिकला फगामी, दिलमाया विक, सरस्वती उपाध्याय र दिलकुमारी खत्री निर्वाचित भएका छन् ।
पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा प्रमुख उपप्रमुखसहित चारवटा वडामा एमाले विजयी भएको थियो भने एक वडामा माओवादी केन्द्र विजयी भएको थियो ।
रघुगङ्गा गाउँपालिकामा काँग्रेसका उम्मेदवार निर्विरोध
रघुगङ्गा गाउँपालिकामा गाउँ कार्यपालिका गठनको निर्वाचनमा काँग्रेस सर्वसम्मत रुपमा बिजयी भएको छ । गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेसका उम्मेदवारहरुको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् ।
दुई दलित वा अल्पसङ्ख्यकतर्फ धनमायाँ घताने गोतामे र तोरण दर्जी तथा चार जना महिला सदस्यमा सम्झना परियरा, विष्णुमती पुन, रामकुमारी गोतामे घर्ति र रिति थजाली निर्विरोध बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित ७ वटा वडामा काँग्रेस बिजयी भएको थियो भने एक वटा वडामा माओवादी केन्द्र र एमालेको प्यानल बिजयी भएको थियो । रासस