मोर्चाले नयाँ संशोधन प्रस्तावको सम्मान गर्नुपर्छः बरिष्ठ नेता पौडेल

पाल्पा, ३० चैत–  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको तर त्यो कुरा गलत भएको उहाँको भनाई छ ।
मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको र संविधान संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभयो ।
पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here