काठमाडौं,२८ फागुन– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अनिश्चतकालिन सप्तरी बन्द फिर्ता लिएको छ । सप्तरीको मलेठमा गत सोमवार भएको झडपका क्रममा प्रहरीको गोली लागि प्रर्दशनकारीको मृत्यु भएपछि मोर्चाले सप्तरी जिल्ला बन्दको आह्वान गरेको थियो ।
मोर्चा आवद्ध संघीय समाजवादी फोरम नेपालका तराई मधेश प्रदेश मुख्य सचिव शम्भु झाले तत्कालका लागि आमहड्तालको कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो । बिगत पाँच दिनदेखि सप्तरीका सरकारी कार्यालय, शैक्षिक संस्था, उद्योगघन्दा, वजार पसल र यातायात ठप्प भएको थियो ।

