काठमाडौं,२५ चैत । भक्तपुरको सुर्यबिनायकमा मोटरसाइकललाई कारले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा काभ्रे बेथानचोकका ३४ बर्षीय दीपेन्द्र लामा रहेका छन् । घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरलिे जनाएको छ । मोटरसाइकलमा पछाडि सफार काठमाडौका पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारीसाधन र कार चालक भक्तपुर बालकोट बस्ने राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

