मोटरसाइकल दुर्घटना हुदाँ, १ जनाको मृत्यु, १ घाइते

काठमाडौँ,२५पुस । मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारीमा गएराति सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा ९४ प ७१७४ नं.को मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते चालक २९ वर्षीय सहीद तामाङलाई उपचारका लागि ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार शेरबहादुर तामाङ घाइते भएका छन् । उनको अहिले ईवामुरा अस्पताल सल्लाघारीमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here