मोटरसाइकल ठोक्कीदा दुई जनाको मृत्यु

काठमाडौं,१२ असार । भरतपुरमा गएराति मोटरसाइकल दुर्घटना हँदा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १८ का २८ वर्षीय रामचन्द्र गौडाल र १७ वर्षीय राजन भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here