मेसी माथिको प्रतिबन्ध फुकुवा

एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्टार खेलाडी लियोनल मेसीमाथि लगाएको ४ खेलको निलम्बन फुकुवा गरेको छ । मेसीविरुद्ध सहायक रेफ्रिलाई गालीगलौज गरेको आरोप लगाइएको थियो । तर, त्यसलाई प्रमाणित गर्ने आधारहरु नभेटिएकाले मेसीमाथिको कठोर सजाय हटाइएको फिफाले जनाएको छ ।

अर्जेन्टिनी फुटबल संघले मेसीको निलम्बनमा फिफामा अपील गरेको थियो । त्यसमा फिफाको अपिल कमिटीले नयाँ निर्णय दिएको हो । गत मार्चमा अर्जेन्टिना घरेलु मैदानमा चिलीमाथि १–० को विजय हात पारेको खेलपछि घटनामा मेसी दोषी भएको बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here