मेसीले किन रातो कार्ड खाए ?

कोपा अमेरिका २०१९ मा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो र लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो पल्ट रातो कार्ड खाएका छन् । नेपाली समय अनुसार आज विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले गोल गरे ।

तनावपूर्ण खेलमा मेसी र चिलीका ग्यगारी मेडेल झगडामा उत्रेका थिए र यसक्रममा दुवै खेलाडीलाई सिधै रातो कार्ड देखाइएको थियो । चिलीका तर्फबाट अरटुरो भिडालले दोस्रो हाफमा पेनाल्टीबाट एक गोल फर्काए । मेसीले १४ वर्ष अगाडि आफ्नो खेल जीवनको डेब्यु खेलमै रातो कार्ड खाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here