मेलम्ची दुर्घटनामा मृत्युहुने तीनजनाको सनाखत भयो

मेलम्ची, ९ चैत- काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ आउँदै गरेको यात्रु बस दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजा, ६० वर्षीय खुमराज अधिकारी र मेलम्ची –१२ बाँसबारीका ५६ वर्षीया ‘ठूलो कान्छी’ भनिने तुलसा पराजुली रहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो । बसमा सवार ३५ मध्ये नौ घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here