काठमाडौं, २९ चैत्र। मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग आज विहिवार ब्रेक थ्रु भएको छ । आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको अन्तिम ब्रेक थ्रुको काम सकिएको हो ।
यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । यो सँगै २६ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको छ । मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सन २००८ मा सुरु भएको यो आयोजना आउने जुनसम्ममा सकिने भएको छ । यो आयोजना सकिएसँगै उपत्यकामा १७ करोड लिटर पानी आउने छ । बिहीबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

