मेलमिलाप पद्धतिमार्फत मुद्दा टुंगोमा

पाल्पा, ३ साउन- पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् ।

गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएको हो । आठवटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा रहेका छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ ।

जिल्ला न्यायाधीश शंकरराज बरालले पत्रकार सम्मेलनमा जिल्ला अदालत, पाल्पा देशमा नै सबैभन्दा बढी मेलमिलाप पद्धतिबाट मुद्दा टुंगो लगाउन सफल भएको बताउनुभयो । ४२ थान मुद्दामा मेलमिलापबाट सफलता हासिल गर्दा जिल्ला अदालतले ५६ प्रतिशत प्रगति हासिल गरेको छ ।

पाल्पामा ३२ जना मेलमिलापकर्ता केन्द्रमा सूचीकृत रहेका छन् । गत आवमा ३२७ मुद्दा फछ्र्योट हुन सफल हँुदा १०२.८३ प्रतिशत प्रगति हासिल गर्न सफल भएको स्रेस्तेदार सुवर्ण खनालले जानकारी दिनुभयो । मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका मुद्दा दिगो हुने गर्दछन् । जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेद, झगडा, जग्गालगायतका देवानी प्रकृतिका मुद्दा मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउने काम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here