मेरो उम्मेदवारी यसकारण होः हरिकृष्ण रिजाल चन्द्रागिरी नपाः ८ का वडा अध्यक्ष उम्मेदवार (चुनावी प्रतिवद्धता पत्र सहित)

काठमाडौं, २६ बैशाख– नेकपा माओवादी केन्द्रका तर्फबाट चन्द्रागिरी नगरपालीका वडा नम्बर ८ का युवा उम्मेदवार हरिकृष्ण रिजालले आफ्नो जित सुनिश्चीत भएको बताउनुभएको छ ।


चुनावी घर–दैलो अभियानका क्रममा रिजालले अहिलेको नेतृत्व युवा वर्गको भएको भन्दै गाउँको विकासमा युवाको सहभागीता बढाउनपनि आफ्नो जीत सुनिश्चीत भएको दावी गर्नुभयो ।
उहाँले शिक्षीत बर्गको नेतृत्वमा देश आउन आवश्यक रहेको भन्दै आफुले अर्थशास्त्रमा गरेको स्ताकोत्तर गाउँको आर्थिक विकासमा लगाउने बताउनुभयो ।

समाजसेवी रिजालले गाउँको विकासका लागि निरन्तर कार्यगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा माओवादी केन्द्रको उपहार, गाउँ—नगरमा सिंहदरबार भन्ने मुल नाराका साथ चुनावी मैदानमा होमिनुभएका रिजाले आफुलाई मतदाताको मतको कदर गर्ने बचन दिनुभयो ।

उहाँले माओवादी केन्द्रको पहलमा चन्द्रागिरी नगरपालीका वडा ८ मातातीर्थमा धेरै मा कामहरु सम्पन्न भएकाले आगामी दिनमा पनि विकासले गति लिने उल्लेख गर्नुभयो ।

उहाँले चन्द्रागिरी नगरपालीका अन्र्तगत ३०० परिवारको ट्रष्टमा गएको १७२ रोपनी जग्गा फिर्ता गराई जग्गाधनीको नाममा लालपुर्जा निकाली वितरण गर्न सफल भएको, साविक मातातिर्थ वडा २ मा लामो समयदेखी बसोबास गरेका १३ घर परिवारलाई २५ रोपनी जग्गाको लालपुर्जा वितरण गर्न सफल भएको बताउनुभयो ।
अध्यक्षका उम्मेदवार रिजालका प्रतिवद्धताहरु
क) प्रशासनिक कार्य
१) जनताप्रति उत्तरदायी प्रशासन निर्माण गर्न भ्रष्टाचार सहित र निष्पक्ष रुपमा वडाका सेवाहरु छिटो छरितो उपलब्ध गराउनेछौ ।
२) प्रत्येक महिना वडा कार्यालयको आय—व्यय सार्वजनिक गर्ने छौ ।
ख) भौतिक निर्माण (खानेपानी तथा सरसफाई)को कार्य
१) स्वच्छ खानेपानी पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तसर्थ यसको लागि वडा भित्र रहेको सम्पुर्ण खानेपनी समितीसंगको सहकार्यमा एकीकृत खानेपानी योजना लागू गरी मिटर सहितको एक घर एक धारा अभियान कार्यान्वन गर्ने छौ ।
२) एक घर एक धारा अभियान पूरा गर्न भईरहेको खानेपानीको स्रोतलाई उचित व्यवस्थापन गर्ने छौ ।
३) खानेपानीको मुहान, कुवा तथा इनार लाई संरक्षण तथा जिर्णेद्धार गर्ने छौ ।
४) वडाको मुख्य चोकहरुमा प्रतिक्षालय र सार्वजनिक शौचालयको व्यवस्थागर्ने ।
५) स्वच्छ र सफा वडा निर्माण गर्नको लागि फोहोरबाट मोहर अभियान संचालन गर्ने छौं ।
६ं) घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न प्रत्येक घरमा कम्पोष्ट विन वितरण गर्ने ।
सडक, यातायात,पुल, पुलेसा तथा सार्वजनिक स्थल
१) वडाका सबै मूलबाटोलाई ५ वर्षभित्र साइड ड्रेनसहित आवश्यकतानुसार ढलान वा पिच गरिनेछ । र सम्भावना भएको बाटोको साइडमा ग्रिन बेल्ट बनाइनेछ ।
२ं) मकवानपुर—काठमाडौं जोड्ने मातातीर्थ—धारापानी—देउराली सडक मार्गको स्तरोन्नती गर्ने ।
३) वडाभित्र रहेका सार्वजनीक पर्ति जग्गाहरुको संरक्षण गरी पार्कको स्पमा विकास गर्ने ।
सार्वजनिक भवन
सभा, समारोह, तालिम, गोष्ठि लगाएतका विविध कार्यक्रमको आयोजन ागर्न उपयूक्त स्थानमा भुकम्प प्रतिरोधात्मक एक बहुउद्देश्यीय भवन निर्माण गर्ने ।
२) किरियापुत्रि बस्ने ट्रष्ट निर्माण गर्ने ।
३) चोक तथा सडक पेटीमा सोलार बत्ती जडान गरिने ।
– शिक्षा क्षेत्रमा कार्य
– स्वास्थ्य क्षेत्रमा कार्य
कृषि क्षेत्रमा कार्य
– सामुदायिक वनमा कार्य
– रोजगार र पर्यटन
– महिला र बालबालिका
– युवा तथा खेलकुद
– कला, संगित र साहित्य
– धार्मिक तथा सांस्कृतिका क्षेत्रमा कार्य
– दलित, सीमान्तकृत र विपन्नवर्गका क्षेत्रमा कार्य
– विपत् व्यवस्थापन र भुकम्पपीडितका लागि कार्य
– शारीरिक तथा बौद्धिक अपांग
– सहकारी स्थापना

घोषणापत्रको पुर्णपाठ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here