काठमाडौँ, २५ साउन:५ करोडौ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । पब्लिक कम्पनि खोलेर गजमेरले विभिन्न व्यक्तिबाट करोडौं रुपैया ठगी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी परिसरको टोलीले गत असार २६ गते राजधानीबाट नियन्त्रणमा लिएको थियो ।
अदालतको आदेश लगतै उनलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभयो । माई इन्भेष्टमेन्ट ग्रूप नामक कम्पनी सञ्चालन गरेका गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । गजमेरले बालुवाटारमा रहेको कालिका टावरमा सो कम्पनी सञ्चालन गर्दै आएका छन् ।

