एजेन्सीःविश्वकप अन्तर्गत आज भएको पहिलो खेलमा ब्राजिलले मेक्सिकोलाई दुई गोलले पराजित गरेको छ । प्रि क्वार्टरफाइनल खेलमा ब्राजिलले २ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको ५१ औं मिनेटमा विलियनले डिबक्स भित्र क्रस गरेको बललाई नेइमारले गोलमा परिणत गरेका थिए । हाफटाईम पछिको खेलमा ब्राजिलले खेललाई आफ्नो पक्षमा पार्दै अर्काे गोल गरेको थियो ।

