मेक्सिकोमा भुकम्पमा, २४८ को मृत्यु

एजेन्सी– मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यू हुनेको संख्या दुर्य सय ४० नाघेको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा दुई सय ४८ जनाको मृत्यु भएको पुष्टि भएको मेक्सिकोका अधिकारीले बताएका छन् । मृत्यु हुनेमा २० भन्दा बढी बालबालिका रहेको राष्ट्रपति एन्ड्रिक पेन्ना निएटोले जनाएका छन् ।

यस्तै एउटा विद्यालय भत्किँदा ३० जना बालबालिका हराएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पु¥याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here