मुलुकी देवानी र अपराध संहिता ऐन उपयुक्त

काठमाडौँ, १९ साउन: मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐन सरल र सामाजिक न्यायका लागि उपयुक्त रहेको बताइएको छ । उक्त ऐन आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो ।

ती ऐनका बारेमा लेखापढी कानून व्यवसायीलाई जानकारी दिने उद्देश्यले नेपाल बार एशोसिएशन र नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताले सबै नागरिकमा सर्वसुलभ कानूनको पहुँच पु¥याउन पछिल्ला ऐन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खाँतीले अपराधीलाई सजाय दिन र निरपराधीलाई संरक्षण गर्न यो ऐन महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका अध्यक्ष सीताराम दाहालले छिट्टै कार्यान्वयनमा ल्याउन लागेको यो नयाँ ऐन बारे लेखापढी व्यवसायीलाई जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो ।

अधिवक्ता सुनिल पोखरेल, श्रीकृष्ण भण्डारीलगायतले मुलुकी फौजदारी कार्यविधि, तारिख, वारिस, प्रमाण परीक्षण, सजाय, जरिवाना, क्षतिपूर्तिसम्बन्धी व्यवस्था, करणीसम्बन्धी कसुर, करार तथा अन्य दायित्वको व्यवस्था, मुलुकी देवानी कार्यविधि, मुलुकी अपराधजस्ता विषयलाई समयसापेक्ष रुपमा ऐनमा समावेश गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here