मुलुकमा हतियारको राजनीति असम्भवःनेता नेपाल

काठमाडौं,१० जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति असम्भव भएको दावी गर्नुभयो । विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उहाँ हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको स्पष्ट पार्नुभयो ।

नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गर्नुभयो ।

विप्लव समूहलालाई संयमतापूर्वक वार्तामा बस्न आग्रह गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उहाँले ‘हत्या, हिंसा र चन्दा आतङ्कले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस् एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईंहरुको राजनीति चल्दैन भन्नुभयो ।

सम्बोधनका क्रममा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here