मुलुकमा समृद्धि र स्थिरताका लागि काँग्रेसःमहामन्त्री कोइराला

नवलपरासी, ९ मंसिर- नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा समृद्धि र स्थिरताका लागि काँग्रेसको नेतृत्वमा एकल सरकार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

महामन्त्री कोइरालाले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधानको कार्यान्वयनका लागि पनि काँग्रेसै नेतृत्व आवश्यक रहेको आज देवचुलीका विभिन्न स्थानमा आयोजित प्रचारप्रसार कार्यक्रममा बताउनुभयो ।

बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका कोइरालाले जिल्लामा अत्याधुनिक सुविधा सम्पन्न ट्रमा सेन्टर (आँखा उपचार केन्द्र), प्रादेशिक विश्वविद्यालय स्थापना र अन्तर्राष्ट्रियस्तरको स्टेडियम (खेल रंगशाला) निर्माण गरिने जानकारी दिँदै आफूले आगामी दिनमा यस क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अहिले मुलुकमा आएका विकासका परिवर्तन ल्याउन काँग्रेसको योगदान महत्वपूर्ण रहेको टिप्पणी गर्दै देश विकासको जिम्मेवारी अब नेपाली काँग्रेसको काँधमा आएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here