मुलुकमा संवैधानिक जटिलता छैनः अध्यक्ष ओली

काठमाडौं,६ पुस–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेको स्पष्ट पार्नु भएको छ । उहाँले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराउनु भयो । विहिबार आफूलाई बधाई दिन बालकोटस्थित निवास पुगेकाहरुसँग उहाँले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि द्धुविधा पाल्न नहुने दोहो¥याउनु भयो ।

अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया आफ्नै गतिमा अघि बढने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले सरकारका गतिविधि र अभिव्यक्तिले भने मुलुकमा भ्रम सृजना गर्न खोजिरहेको भन्दै पुनः आपत्ति जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here