मुलुकको समृद्धिलाई कसैले रोक्न सक्दैन- रक्षामन्त्री पोखरेल

भक्तपुर, १२ जेठ- रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित तेलकोटमा ३ नं. प्रदेशका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको १३ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा उहाँले मुलुक अब समृद्धि, विकास र प्रगतिपथमा लम्किएको बताउँदै अब कसैगरी पनि आगामी पाँच वर्षभित्र सरकारले देशलाई समृद्ध बनाउने बताउनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टी बन्नुले समृद्धिकै संकेत गरेको चर्चा गर्दै रक्षामन्त्री पोखरेलले यस्तो अवस्थामा पनि मुलुकलाई समृद्ध नबनाए जनताले माफी नदिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here