एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएरातीको खेलमा मुम्बई इन्डियन्सले विजयी भएको छ ।
फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्ली डेयर डेभिल्सलाई एक सय ४६ रनले हराउदै मुम्बई विजयी भएको हो ।
आइपिएलको यस वर्षको प्रतिस्पर्धामा अहिलेसम्मकै ठूलो रन अन्तरको जित हो । मुम्बईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको दिल्लीले १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्रै ६६ रन बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको मुम्बईले मात्रै तीन विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । जितपछि शीर्ष स्थानको मुम्बईको ११ खेलबाट १८ अंक भएको छ ।
११ खेलबाट ८ अंकसहित छैटौं स्थानमा रहेको दिल्लीलाई भने प्लेअफमा पुग्ने यात्रामा धक्का लागेको छ । दिल्ली चौथो स्थानको सनराइजर्स हैदरावाद भन्दा पाँच अंकले पछि परेको छ ।

