मुड अन गर्न सुकुटे पुगेका दाहाललाई ‘वान टु वान’वार्ताकालागि बालुवाटार बोलाइयो

काठमाडौं,३ बैशाख– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज निर्णायक वार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओलीले ‘वान टु वान’ वार्ताका लागि बिहान १० बजे अध्यक्ष दाहाललाई बालुवाटार बोलाउनु भएको उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता हुन लागेको हो । विवादित विषयमा सहमतिको प्रयासका लागि एकता संयोजन समितिको बैठक बोलाइए पनि पटक–पटक स्थगित हुदै आएको थियो ।

विवादित विषयमा शीर्ष तहबाटै समाधानको प्रयास स्वरुप दुई नेताबीच ‘वान टु वान’ वार्ता हुन लागेको माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो । यसअघि हिजोका लागि तय भएको वार्ता पनि अध्यक्ष दाहालको व्यस्तताले हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here