मुग्लिन–नारायणगढ सडक खण्डमा एक्कासी सुख्खा पहिरो, ५ मोटरसाइकल, ४ वटा गाडी पुरिए

चितवन, २१ चैत– मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा सडकमा गुडिरहेका केही सवारी साधनहरु पुरिएका छन् ।
चितवनको कविलासको घुमाउने भन्ने ठाउँमा आज बिहान करिव पौने ११ बजे तिर एक्कासी सुख्खा पहिरा खसेको चितवनका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
पहिरो खस्दा चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको निरीक्षक थापले जानकारी दिनुभयो । पहिरोमा एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको बताइएको छ ।
घट्नामा घाइते भएका दुईजनाको उद्धार गरिएको थापाले बताउनु भयो । उद्धार कार्य जारी रहेकाले घट्नामा अन्य केही मानिस पुरिएको आशंका प्रहरीले गरेको छ।

घट्नाको बृस्तित बिवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक खण्ड अबरुद्धभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here