मुगाबेको यो कस्तो घोषणा

एजेन्सी– जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा नदिने अडान राख्दै आगामी महिना हुने पार्टी बैठकको नेतृत्व पनि आफैं लिने बताएका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जिम्बावेका जनता र आफूबीचको सम्बन्धका कुनै कटुता नरहेको भन्दै सम्बन्धलाई अझै सुदृढ बनाउने बताए ।

यसैबीच सत्तारुढ दल जानु पिएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ । जानु पिएफले उपराष्ट्रपति इमर्सन नान्गाग्वालाई पार्टीको नेतामा नियुक्त गरेको छ ।
यस्तै मुगाबेकी पत्नी ग्रेसलाई पार्टीबाट निकालिएको छ । पार्टी नेताबाट बर्खास्तीको निर्णयसँगै संसद्मा महाअभियोगको प्रस्ताव लैजानेसमेत सत्तारुढ दलले गरेको छ । उनले आजसम्म राजीनामा नदिए महाअभियोग लगाएर हटाउने तयारी गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here